संसद्

भैरहवा विमानस्थल सञ्चालन गरी ४० अर्ब लगानी सुरक्षित गर्न एमाले सांसदको माग

इकागज |
फागुन १२, २०७९ शुक्रबार १६:४७ बजे

काठमाडौँ- भैरहवा विमानस्थल सञ्चालन गरी पर्यटन क्षेत्रमा गरिएको ४० अर्ब लगानी सुरक्षित गर्न एमाले सांसद वासुदेव घिमिरेले माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद घिमिरेले यस्तो बताएका हुन् । उनले विमानस्थल निर्माण भएको एक वर्ष पूरा हुँदा समेत पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको जिकिर गरे । उनले समय अघि हप्ताको दुईवटा उडान भए पनि अहिले बन्द भएको बताए ।


घिमिरेले भैरहवा विमानस्थल सञ्चालनमा भारतले अनुमति नदिएकाले उडान हुन नसकेको सञ्चारमाध्यममा आएकाले त्यो सम्बन्धमा सम्बन्धित मन्त्रालयले संसद्लाई स्पष्ट जानकारी दिन माग गरे ।

उनले विमानस्थल निर्माणसँगै निजी क्षेत्रले पर्यटन क्षेत्रमा ४० अर्ब बढी लगानी संकटमा परेको बताए ।


Author

थप समाचार
x