संसद्

एमालेले राष्ट्रपतिमा नेम्वाङको नाम मनोनय दर्ता गरायो

इकागज |
फागुन १३, २०७९ शनिबार १३:० बजे

काठमाडौँ- नेकपा एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङको नाम मनोनयन दर्ता गराएको छ । शनिवार संसद् भवन बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यलयमा पुगेर नेम्वाङको नाम राष्ट्रपतिको उम्मेदवारका लागि दर्ता गराएको हो ।

 नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के बसेका छन्।


नेम्वाङको उम्मेदवारी दर्ताका लागि अध्यक्ष ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरू उपस्थित थिए । 

शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको गरेका थियो ।

यस्तै कांग्रेस–माओवादी लगायतको आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका लागि  रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
 


Author

थप समाचार
x