सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित
फाइल फोटो
काठमाडौँ - राष्ट्रिय सभाले जसपाका प्रतिनिधि सभाका सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राखेको सांसद रहमानको निधनप्रति शोक प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
बैठकले सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ ।
हृदयघातका कारण भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा उनको १३ फागुनमा निधन भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया