संसद्

प्रतिनिधि सभा बैठकको तयारी तिब्र

इकागज |
बैशाख २२, २०७८ बुधबार १५:२२ बजे

काठमाडौँ : सरकारले विश्वासको मत लिन बैशाख २७ गते बोलाइएको  प्रतिनिधि सभा बैठकको तिब्र तयारी भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन बोलाएसँगै संसद् सचिवायले बैठकको तयारी तिब्र बनाएको हो ।

बैठक बस्नुपूर्व प्रतिनिधि सभामा सहभागी हुने सांसदहरू, सचिवालयका कर्मचारीहरू, सुरक्षा निकाय, कर्मचारी, पत्रकार लागयतको कोभिड-१९ परीक्षणको तयारी गरिएको छ । यसको साथै बैठकको व्यवस्थापकीय कामसमेत विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयारी गरेको संघीय संसद् सचिवालयले जनाएको छ ।


संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने प्रयोजनका लागि मात्रै सरकारले अधिवेशन बोलाउन नमिल्ने भन्ने तर्क र बहस भइरहँदा, विश्वासको मत लिने प्रक्रिया कसरी सम्पाद हुन्छ ? भन्ने चासो पनि सर्वत्र बढेको छ ।

नेपालको संविधान जारी भएपछि प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिन लागेको यो पहिलो पटक हो । ‍संविधानको धारा १ सय को उपधारा  १ बमोजिम प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने व्यवस्था छ ।


Author

थप समाचार
x