नेपालमा संघीयता नौलो कुरा होइन : अध्यक्ष राउत
काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा संघीयता नौलो कुरा नरहेको उल्लेख गरे । उनले नेपालमा बाइसे, चौबिसे राज्य भनेको संघीयता नै रहेकाले पछिल्लो समय पुनः स्थापित गर्न प्रधानमन्त्री दाहालले महत्वपूर्ण भूमिका खेलेको बताए ।
राउतले सरकारसँग आफ्ना केही असन्तुष्टि रहे पनि त्यसलाई मध्यनजर गरेर सरकार अघि बढ्ने विश्वास रहेको बताए ।
अध्यक्ष राउतले आफ्नो पार्टीले सरकारसँग राखेका मागहरू आगामी दिनमा समेट्दै लैजानुपर्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया