सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित
काठमाडौँ- प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । प्रतिनिधि सभाको आजको बैठकमा सो विधेयकमाथि सांसदहरूले आफ्नो आफ्नो धारणा व्यक्त गरेका थिए ।
प्रतिनिधि सभाको अर्को बैठक चैत्र १५ गते १ बजे बस्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया