संसद्

सरकार राष्ट्रिय सहमतिको बाटोबाटै अघि बढ्नुपर्छ : सांसद दाहाल

इकागज |
चैत २१, २०७९ मंगलबार १५:२१ बजे

काठमाडौँ- ​राष्ट्रिय सभाका सांसद नारायणप्रसाद दाहालले संघीयता, गणतन्त्र पक्षधर शक्तिहरूबीचमा राष्ट्रिय सहमति कायमै गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

मुलुकमा देखा परेको आर्थिक जटिलता, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र जनताको अपेक्षा अनुसार विकास र समृद्धिको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय सहमतिको बाटोबाटै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।


मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद दाहालले वर्तमान सरकारले पनि सोही कुरालाई आत्मसात गरेर अघि बढिरहेको दाबी समेत गरे ।

सांसद दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पुर्‍याउन ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए ।


Author

थप समाचार
x