बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फ्याल्न रोक लगाउन माग
फाइल फोटो
काठमाडौं - एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न रोक लगाउन माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न थालिएकाले यसलाई रोक्न माग गरेका हुन् ।
बन्चरेडाँडामा फोहोरको व्यवस्थापनबारे अनुगमन गर्न संसदीय टोलीलाई बन्चरेडाँडा पठाउनुपर्ने बताएका उनले बन्चरेडाँडामा व्यवस्थित रुपमा फोहोर फाल्न ल्याण्डफिल साइट बनाएको स्मरण गराए ।
सिसडोलमा फ्यालिएजस्तै बन्चरेडाँडामा पनि फोहोर फ्याल्न थालिएकाले स्थानीयलाई बस्नसमेत नसकिने अवस्था सृजना भएको उनको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया