संसद् कुरा गर्ने थलो होइन, काम गर्ने थलो बनाउनुपर्छ : सांसद दाहाल
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पुराना नीति, योजना र कार्यक्रमहरूबाट राष्ट्रको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहाले पुरानो सोच, चिन्तन र दृष्टिकोणबाट देशको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताएका हुन् । उनले पुराना नीति, योजना, कार्यक्रम र बजेटबाट नयाँ आवश्यकता पूरा नसकिने भन्दै त्यसमा नयाँपन खोज्नुपर्ने उल्लेख गरे । उनले संसद् जनताको आवाज बोल्ने थलो मात्रै नभइ जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो भएको पनि बताए ।
सांसद दाहालले संसद्लाई कुरा गर्ने थलोका रूपमा नभइ काम गर्ने थलोका रूपमा रूपान्तरण गर्नुपर्ने बताए ।
सांसद दाहालले सरकारको सय दिन प्रधानमन्त्रीले प्रतिबद्धता गरे अनुरूप नै चलेको बताए । उनले जनताको दैनिकीसँग सम्बन्धित स–साना समस्या समाधान गर्न सरकार केन्द्रित रहेको उनको भनाइ छ । त्यस्तै आर्थिक सूचकांकमा पनि सकारात्मक सुधार आएको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया