संसद्

प्रचण्ड सरकारको सय दिन उपलब्धिविहीन : रघुजी पन्त

इकागज |
चैत २३, २०७९ बिहीबार १६:२७ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारको सय दिन उपलब्धिविहीन भएको जनाएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा एमाले सांसद रघुजी पन्तले सय दिनको अवधिमा सरकारलाई समेत पूर्णता दिन नसकेको भन्दै भ्रष्टाचार बढ्नेबाहेक कुनै उपलब्धि नभएको बताएका हुन् । वर्तमान सरकार नीतिहीन, सिद्धान्तहीन विचारहीन र कार्यक्रमहीन भएको उनकाे जिकिर छ ।


पन्तले जनताले व्यवहारमा सरकार छ भन्ने अनुभव नै गर्न नसकेको धारणा राखे । वर्तमान सरकारले कुनै निकास दिन नसक्ने भन्दै कति पटक प्रधानमन्त्री बन्ने भन्ने कुरा प्राथमिक हुन नसक्ने उनको भनाइ छ । उनले एनसेनलाई सरकारी स्वामित्वमा आउन नदिनका लागि दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गर्न मस्यौदा तयार भइरहेको आरोप लगाए । उनले सरकारसँग सम्बन्धी प्रश्नैप्रश्न रहे पनि प्रधानमन्त्रीले कुनै जवाफ दिन नसकेको तर्क गरे ।

उनले अर्ब नाफा भइरहेको कम्पनीलाई सेटिङमा कानुन फेरेर सरकारको स्वामित्वमा नल्याउने कुरा भइरहेको र यही नै सरकारको १०० दिनको उपलब्धि​ भएको जिकिर गरे ।


Author

थप समाचार
x