संघीयता कार्यान्वयनसँग जोडिएका ऐन तत्काल ल्याउन सांसदहरूको माग
फाइल फोटो
काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले संघीय शिक्षा ऐन, संघीय कर्मचारी ऐनलगायतका महत्वपूर्ण ऐन निर्माणमा ध्यान दिन सरकारको ध्यानकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले संघीय संसद्मा थारुको उचित प्रतिनिधित्व हुन नसकेकाले तत्काल ती ऐन ल्याउन आग्रह गरेका हुन् । यस्तै, सांसदहरुले प्रतिनिधिसभाको बैठकमा उठाइएका विषयको समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानकर्षण गराएका थिए ।
बैंक तथा वित्तीय संस्थाले मनलाग्दी तवरले ब्याज लिएर ऋणीलाई दुःख दिएको, किस्ता रोकिएकामा हर्जनासमेत जोडेर समस्यामा पारेकाले उनीहरुलाई कानुन अनुसार कारबाही गर्नुपर्ने बताए ।
बैठकमा सांसदहरुले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन, सदनलाई विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा सांसदहरु रामनाथ अधिकारी, विद्या भट्टराई, तेजुलाल चौधरी, ईश्वरी घर्ती, ऐनबहादुर शाही, वासुदेव घिमिरे, शान्ति चौधरीललगायतले आ–आफ्ना धारणा राखेका थिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया