संसद्

सरकारले राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै ऐन, कानुनहरू तर्जु गर्छ : मन्त्री शर्मा

इकागज |
चैत २४, २०७९ शुक्रबार १५:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै ऐन, कानुनहरू तर्जु गर्ने बताएकी छिन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले सो प्रतिबद्धता व्यक्त गरेकी हुन् । मन्त्री शर्माले आफ्नो मन्त्रालयले नयाँ दूर सञ्चार ऐन तर्जुका लागि क्याबिनेटबाट सैद्धान्तिक सहमति मात्रै लिएको पनि स्पष्ट पारिन् ।


बाहिर चर्चामा आएजस्तो कसैसँग मिलेमतो गरेर सो विधेयक आउन लागेको भन्ने कुरा सत्य नभएको पनि उनले पटकपटक दोहोर्‍याइन् ।

मन्त्री शर्माले सूचना र प्रविधिको क्षेत्रमा आएको तीव्रतर विकासलाई ध्यानमा राखेर सरकारले दूर सञ्चार ऐन २०५३ लाई खारेज गरी नयाँ विधेयक ल्याउनका लागि क्याबिनेटबाट स्वीकृति मात्रै लिएको र त्यसलाई संसद्‍बाटै अन्तिम रूपमा दिने काम संघीय संसद्ले नै गर्ने पनि स्पष्ट पारिन्।

मन्त्री शर्माले दूर सञ्चार सेवा प्रदायक संस्थाहरूसँग मिलेमतो गरेर आफू र मन्त्रालयले कुनै पनि काम नगर्ने पनि बताइन् । मन्त्रालयले आफ्नो काम संविधान, कानुनमा टेकेर मात्रै सम्पन्न गर्ने उनको भनाइ थियो । 

मन्त्री शर्माले सरकारले हुलाक सम्बन्धी, चलचित्र सम्बन्धी पुराना ऐनहरूलाई पनि समय सापेक्ष बनाउने गरी संशोधनको प्रक्रियालाई अघि बढाएको जानकारी दिइन् ।


Author

थप समाचार
x