संसद्

स्थानीय तहलाई सिंहदरबार आउनुपर्ने बाध्यताको अन्त्य गरियोस् : गगन थापा

इकागज |
चैत २७, २०७९ सोमबार १३:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहका प्रतिनिधि काम गराउन सिंहदरबार धाउनुपर्ने बाध्यता हटाउन माग गरेका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशभरका स्थानीय तहलाई काम गर्न सिंहदरवारर धाउनुपर्नेे बाध्यता तत्काल अन्त्य गर्नुपर्ने बताए ।


काठमाडौँ महानगरपालिकाले सिंहदरबारसहितको स्थानको फोहोर उठाउन छाडेको घटनालाई लिएर उनले स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरेर काम गर्न सक्ने वातावरण बनाउनुपर्ने उनले बताए । यसका लागि प्रधानमन्त्री आफैँले तत्काल पहल गर्नुपर्ने सांसद थापाको माग छ । 

स्थानीय तहलाई काम गर्न सक्ने वातावरण बनाउन आवश्यक पर्ने कानुन बनाउन आफूहरु तयार रहेको भन्दै उनले यसका लागि प्रस्ताव ल्याउन सरकारलाई आग्रह गरे ।


Author

थप समाचार
x