संसद्

प्रतिनिधि र प्रदेश सभा सदस्य संख्या कटौती गर्न सांसद देवकाटाकाे प्रस्ताव

इकागज |
चैत २७, २०७९ सोमबार १४:३८ बजे

काठमाडौँ- ​राष्ट्रिय सभाका सांसद खिमलाल देवकाटाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य संख्या कटौती गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले २७५ जनाको प्रतिनिधि सभालाई १६५ र ५५० जनाको प्रदेश सभालाई ३३० बनाउनुपर्ने बताएका हुन् संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण र स्थायित्वका लागि पनि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य संख्या घटाउन उपयुक्त हुने सांसद देवकोटाको तर्क थियो ।


उनले भने, ‘२७५ जनाको प्रतिनिधि सभा र ५५० जनाको प्रदेश सभाको संख्या धेरै भयो, ठूलो भयो । यसलाई क्रमशः १६५ र ३३० मा सीमित गरी निर्वाचन प्रणालीमा सुधार मात्रै गर्ने हो भने यो शासन व्यवस्थाको सबलीकरण र स्थायित्वमा खासै समस्या पर्दैन । र, १६५ वटा निर्वाचन क्षेत्रको सन्दर्भमा पनि काठमाडौँमा जुन १० वटा निर्वाचन क्षेत्र छ । त्यो चाही धेरै भयो । र, निर्वाचन क्षेत्रको निर्धारण पनि वैज्ञानिक छैन ।’

सांसद देवकोटाले काठमाडौँमा धेरै वटा निर्वाचन क्षेत्र भएको पनि बताए । उनले निर्वाचन क्षेत्र निर्धारण वैज्ञानिक बनाउन पनि सरकारसँग माग गरे ।


Author

थप समाचार
x