‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ राष्ट्रिय सभाबाट पारित
काठमाडौँ- ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ राष्ट्रिय सभाबाट पारित भएको छ ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले पेश गरेको सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै कृषि तथा पशुपंक्षी विकासमन्त्री भुसालले सो विधेयक प्रतिनिधि सभामा पनि छलफल गरी समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामको दायरालाई समेट्ने गरी सो विधेयक संशोधन गर्नु परेको पनि स्पष्ट पारे ।
बैठकमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन २०७८/७९ र अख्तियार दुरपयोग अनुसन्धान आयोगको बत्तिसौं वार्षिक प्रतिवेदन पनि पेश गरिएको छ । दुवै प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसालले पेश गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया