संसद्

चिकित्सा शास्त्र स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन माग

इकागज |
बैशाख ३, २०८० आइतबार १४:२८ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्सा शास्त्र अन्तरगतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छन् ।​

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावनाविपरीत राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गरेकी हुन् । सरकारले बढी अंक ल्याएका विद्यार्थीहरूलाई छात्रवृत्ति पनि नदिने, रोजेको विषय र शिक्षण संस्था पनि नदिने गरी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई तत्काल रोकी कम्प्युटर बेस प्रणालीमा म्याचिङ गरी सो तहको विद्यार्थी भर्ना अभियान अघि बढाउन उनले सरकारलाई सुझाव पनि दिइन् ।


सांसद कार्कीले सरकारले जेहेन्दार विद्यार्थीहरूमाथि कुठाराघात गर्ने र स्वास्थ्य संस्थाहरूलाई थप क्षति हुने कुनै पनि खालको काम गर्न नहुने समेत स्पष्ट पारिन् ।


Author

थप समाचार
x