संसद्

'राष्ट्रियसभालाई सरकारले संघीय संसद्का रूपमा स्वीकार गर्न सकेन'

इकागज |
बैशाख ४, २०८० सोमबार १६:३० बजे

काठमाडौँ- राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभालाई सरकारले संघीय संसद्‍का रूपमा स्वीकार्न नसकेको आरोप लगाएका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रतिनिधि र राष्ट्रिय सभाको महत्व बराबर भए पनि सरकारले त्यसलाई स्वीकार्न नसकेको बताए । उनले सरकारले पनि संघीय संसद् भनेको राष्ट्रिय सभा पनि हो र राष्ट्रिय सभा पनि संघीय संसद्‍को एउटा पार्ट हो र राष्ट्रिय सभा बिनासंघीय संसद् हुन सक्दैन भन्ने कुरा मान्न नसकेको बताए ।


देवले प्रतिनिधि सभाभन्दा कुनै पनि हिसाबले राष्ट्रिय सभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर नरहेको जिकिर गरे । उनले सरकारले राष्ट्रिय सभाका ४ वटा समितिहरूले दिने निर्देशन र सुझाव सरकारले गम्भीरताका साथ नलिएको पनि बताए ।

राष्ट्रिय सभा सदस्य देवले आगामी दिनमा सरकारले संसदीय समितिहरुले दिने निर्देशन र सुझावलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x