संसद्

काठमाडौँ विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा पर्नु चिन्ताको विषय : सांसद डाँगी

इकागज |
बैशाख ५, २०८० मंगलबार १५:१० बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले काठमाडौँ वायु प्रदूषण नियन्त्रण र रोकथामबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेकी छिन् ।​ मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबारे संसद्लाई जानकारी गराउनुपर्ने बताएकी हुन् ।

काठमाडौँ विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा रहनु चिन्ताको विषय भएको उल्लेख गर्दै सांसद डाँगीले त्यसको नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरूबारे पनि सरकारले संसद्लाई जानकारी गराउनुपर्ने जिकिर गरिन् ।


सांसद डाँगीले काठमाडौँ प्रदूषित हुँदै जाँदा पनि सरकारले यसको नियन्त्रण र रोकथामका लागि प्रयास नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन् ।


Author

थप समाचार
x