संसद्

सरकारलाई अध्यक्ष लिङ्देनकाे प्रश्न : गरिब र निमुखामाथि किन आक्रमण गर्नुपर्‍याे ?

इकागज |
बैशाख ५, २०८० मंगलबार १७:१० बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् ।​

मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले मिटरब्याज पीडितहरूको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि हिजो (सोमबार) निर्मम ढंगले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भत्सर्ना समेत गरे । गरिब र निमुखा ती मानिसहरूमाथि किन आक्रमण गर्नु परेको भनि सरकारलाई अध्यक्ष लिङ्देनले प्रश्न समेत गरे ।


उनले सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरूमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताए ।

अध्यक्ष लिङ्देनले पीडित पक्षको अभिभावकीय भूमिकामा सरकार नरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।


Author

थप समाचार
x