संसद्

'बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्छ'

इकागज |
बैशाख ५, २०८० मंगलबार १७:१५ बजे

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्दा जनता राजस्व तिर्न नसक्ने अवस्थामा पुगेका बताए । उनले सरकारको यो नीति पुनरावलोकन गर्न माग गरे ।


सांसद केसीले सुकुम्वासी र अव्यवस्थित बसोवासीका लागि दश वर्षसम्म जग्गा बिक्री गर्न नपाउने प्रावधान पनि हटाउनुपर्ने उल्लेख गरे ।

सांसद केसीले देशमा दर्जनौँ सुकुम्वासी आयोग बने पनि सुकुम्वासीहरूको समस्या समाधान हुन नसकेको बताए ।  


Author

थप समाचार
x