संसद्

राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रश्ताव पेस

इकागज |
बैशाख १३, २०८० बुधबार १४:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ ।

बुधबार राष्ट्रिय सभाको बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद गरिमा साहले वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी हुन् । उनले प्रस्ताव पेस गरेसँगै छलफल गर्ने क्रममा एमाले सांसद्हरूले अर्थमन्त्री डा.प्रकाशशरण महतको उपस्थिति नभएको भन्दै छलफलमा भाग नलिने भएपछि बैठक स्थगित भएको छ ।


प्रस्ताव पेस गर्दै साहले नेपाली जनताका समस्या समाधान गर्दै राजनीतिप्रति वितृष्णा र निराशा हुनबाट जोगाउने वर्तमान सरकारको दायित्व भएको बताइन् । उनले मुलुकको अर्थतन्त्र सुधार गरी मुलुकमा समाजवादका आधारहरू तयार गर्नेतर्फ अर्थतन्त्रलाई लैजानुपर्ने जिकिर गरिन् । मुलुक आर्थिक रूपमा श्रीलंका र पाकिस्तानको बाटोमा जान नदिनका लागि सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको उनकाे भनाइ छ ।

उनले सरकारले पुँजीगत खर्च गर्न नसक्नु राष्ट्रिय रोग जस्तो भएको बताइन् । सरकारले विकास खर्च गर्न नसक्दा मुलुकको विकास महँगो हुने उनकाे धारणा छ ।


Author

थप समाचार
x