राष्ट्रियसभा बैठकको शून्य समय : कसले के भने ?
काठमाडौँ- राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने धारणा राखेका हुन् । उनले समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गर्नुपर्ने बताए ।
त्यस्तै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको क्रमशः १६५ र ३३० मात्र बनाउनुपर्ने उनको भनाइ छ । देवकोटाले प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक र पार्टीको नेतृत्व दुई कार्यकाल भन्दा बढी नहुने व्यवस्था गर्नुपर्ने पनि बताए ।
राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाको बारेमा सरकारले सदनमा जानकारी गराउनुपर्ने बताइन् । उनले कुन–कुन रोगको नेपालमा उपचार हुँदैन र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्ने जिकिर गरिन् ।
यस्तै राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बजेट अभावका कारण निर्माण हुन नसकेको र पठन पाठन मा समेत समस्या भएको भन्दै यसको व्यवस्थापनका लागि सरकारसँग माग गरिन् । उनले भनिन्, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बजेटको अभावको कारण भौतिक पूर्वाधार निर्माण हुन सकेका छैनन् । जग्गा प्राप्ति हुन सकेको छैन । जसले गर्दा पठन–पाठनमा समस्या भएको छ । सरकार किन बेखबर छ ? समुचित व्यवस्थापनका लागि सरकारसँग माग गर्दछु ।’
राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापाले दुर्गम क्षेत्रका विद्यार्थीले शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक नपाइरहेका भन्दै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन सरकारसँग माग गरिन् । उनले भनिन्, ‘दुर्गम क्षेत्रका विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक नपाउने समस्या दु:खद छ । आवश्यक र सम्बन्धित पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन मा सरकारसँग जोडदार माग गर्दछु ।’
त्यस्तै राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले संघीयता केन्द्रमुखी भएको भन्दै प्रदेश र स्थानीय तहलाई स्रोत, साधन र अधिकार दिनुपर्ने र नकार् नभाइ छ ।
राष्ट्रिय सभा सदस्य पन्थले स्वास्थ्य बीमाको पहुँचलाई सबै जनताको घरदैलोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया