संसद्

संसदीय सुनवाइ समितिमा तीन सदस्य चयन, प्रतिनिधि सभातर्फबाट भने बाँकी

इकागज |
बैशाख १३, २०८० बुधबार १६:१९ बजे

काठमाडौँ- संसदीय सुनुवाइ समितिमा रहने १५ मध्ये ३ जनाको नाम टुंगो लागेको छ । राष्ट्रिय सभातर्फबाट संसदीय सुनुवाइ समितिमा जाने ३ जना सदस्यको नाम टुंगो लागेको हो । 

राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेको नामलाई सभाले अनुमोदनसमेत गरिसकेको छ । जसअनुसार नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा सुनुवाइ समितिमा सिफारिस भएका छन् ।


प्रतिनिधि सभातर्फबाट जाने सदस्य भने बाँकी रहेका छन् । प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा सदस्य मनोनयनको एजेन्डा राखे पनि प्रमुख तीन दलले नाम नदिँदा आज सो समितिमा मनोनयन हुन नसकेको जनाइएको छ । 

सुनुवाइ समिति संघीय संसद्‍को संयुक्त समिति हो । 


Author

थप समाचार
x