शिक्षा र स्वास्थ्य निःशुल्क नभएसम्म भ्रष्टाचार रोकिँदैन : भगवती न्यौपाने
काठमाडौँ- राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले शिक्षा र स्वास्थ्य निःशुल्क नभएसम्म भ्रष्टाचार नरोकिने बताएकी छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य न्यौपानेले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभएसम्म देशमा भ्रष्टाचार नरोकिने बताएकी हुन् ।
उनले कर्मचारीलाई आफू र आफू आश्रित परिवारलाई पुग्नेगरी तलब व्यवस्था नगर्दासम्म पनि भ्रष्टाचार रहिरहने जिकिर गरिन् । उनले नीति निर्माणको तहमा भ्रष्टाचार हुने उल्लेख गरिन् । न्यौपानेले दलाल पुँजिपति र निश्चित घरानाहरूको हितमा नीति बनाइने गरेको बताइन् ।
राष्ट्रिय सभा सदस्य न्यौपानेले निर्वाचनमा उम्मेदवारले चुनाव जित्नका लागि करोडौँ खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै त्यसरी जितेर आएको उम्मेदवारले भ्रष्टाचार गर्ने सम्भावनाप्रति गम्भीर हुनुपर्ने बताइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया