एउटै विधेयक पारित नगरी संसद बैठक अन्त्य, यस्तो छ गरेको काम
फाइल फोटो
काठमाडौं - प्रतिनिधिसभाको पहिलो अधिवेशन एउटा पनि विधेयक पारित नगरी अन्त्य भएको छ ।
गत पुस २५ देखि वैशाख १६ गतेसम्म सञ्चालन भएको बैठकले एउटा पनि विधेयक पारित नगरी बैठक अन्त्य भएको हो । बैठक हिजो राती १२ बजेबाट अन्त्य भएको हो ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार संसद बैठकमा पेस भएका केही विधेयकलाई सबन्धित समितिमा पठाइएको तथा राष्ट्रिय सभाबाट उत्पत्ति भई आएका विद्येयकहरु माथि दफावार छलफल भने सम्पन्न भएका छन् । तर, झन्डै ४ महिनासम्म चलेको संसदले कुनै पनि विद्येयक भने पारित गर्न सकेन् ।
‘यस अवधिमा प्रतिनिधि सभामा उत्पत्ति भएको “सम्पत्ति सुृद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९”, “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” र “वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भएको छ,’ विद्येयक सम्बन्धी पहिलो अधिवेशनले गरेको काम कारबाहीका बारेमा भनिएको छ ।
यसैगरी, राष्ट्रियसभाबाट उत्पति भएर आएका विधेयक माथिको दफाबार छलफल भने पहिलो अधिवेशनमा सम्पन्न भएको छ ।
‘राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा प्राप्त अनुगमन तथा मूल्यांकन विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रशारण विधेयक, सुरक्षण मुद्रण सम्बन्धी विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भएको छ भने भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक माथि सभामा सैद्धान्तिक छलफल भैसकेको अवस्था छ,’ पहिलो अधिवेशनमा भएको काम कारबाहीको विवरण सार्वजनिक गर्दै सचिवालयले भनेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया