Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

संसद्

संघीय संसद्‌मा दुई सचिव नियुक्त

इकागज |
बैशाख २१, २०८० बिहीबार १७:३२ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा दुई सचिव नियुक्त गरेका छन् । सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याललाई नियुक्त गरिएको हो ।

सभामुख र अध्यक्षको सिफारिस अनुसार राष्ट्रपति पौडेलले पाण्डेय र अर्याललाई नियुक्त गरेको र दुवैलाई नियुक्त गरेको पत्र राष्ट्रपति कार्यालयबाट संघीय संसद् सचिवालयलाई प्राप्त भएको संसद्का महासचिव भारतराज गौतमले जानकारी दिए ।


पाण्डेय र अर्याललाई यही वैशाख १७ गते नियुक्ति सिफारिस गरिएको थियो । प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालको कार्यकाल वैशाख १५ मा सकिएको थियो । 

दुवैको कार्यकाल सकिएपछि सभामुख र अध्यक्षले नयाँ सचिव नियुक्ति लागि कार्यवाहक राष्ट्रपति यादवसमक्ष सिफारिस गरेका थिए ।

सभामुखले प्रतिनिधिसभा सचिव र राष्ट्रिय सभा अध्यक्षले राष्ट्रिय सभा सचिव राष्ट्रपतिसमक्ष सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।


Author

थप समाचार
x