सूचनाको महत्वलाई अझै बुझ्न सकिएको छैन : सभामुख घिमिरे
काठमाडौँ- सभामुख देवराज घिमिरेले सूचनाको हकको महत्वलाई अझै बुझ्न नसकिएको बताएका छन् । शुक्रबार राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले सूचनाको महत्वलाई उजागर गरी आम नागरिकका सूचनाको अधिकार प्राप्त हुनुपर्ने जिकिर गरे । उनले सूचनाको हक सबैले पाउनुपर्ने कुरालाई व्यवहारमा कार्यान्वयन गर्ने र प्रभावकारी बनाउने कुरामा सबै सरोकारवाला निकायले जोड दिनुपर्ने उल्लेख गरे ।
उनले सूचनाको पहुँच जति धेरै जनतामा पुग्छ त्यति नै प्रजातन्त्रको प्रभावकारी रूपमा कार्यान्वयन हुने बताए । उनले सूचना पाउने अधिकार प्रजातन्त्रको प्राण भएकाले सम्बन्धित निकायबाट पाउने सेवा, सुविधाको सूचना समाजमा विस्तार गर्न आवश्यक रहेको बताए ।
सभामुख घिमिरेले सार्वजनिक गरिएका विषयहरूको सूचना नागरिक स्तरमा विस्तार गर्न आवश्यक रहेको र जनताको सूचना पाउने हकको सुनिश्चित हुनुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया