भोलि देखि बजेट अधिवेसन सुरु हुने
फाइल फोटो
काठमाडौँ -संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक भोलि आइतबार देखी सुरु हुदैँछ ।
पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आव्हान गरेका हुन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयमा महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।
आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया