संसद्

भ्रष्टाचारको विषयले संसद्‍मा सांसदको आरोप-प्रत्यारोप

इकागज |
वैशाख २४, २०८० आइतबार १७:५:१५ बजे

काठमाडौँ- ​प्रतिनिधिसभा बैठकमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले सांसदहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् । 

संघीय संसद् सचिवालयमा जारी बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरू आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । तर, उनीहरू सबैले हालसम्मका भ्रष्टाचारका काण्डमाथि छानबिन गर्नुपर्ने माग गरिरहेका छन् ।


एमालेका प्रमुख सचेतक पदम गिरी, एमालेकै रघुजी पन्त, महेशकुमार बर्ताैला, सूर्य थापाले देशमा भएका भ्रष्टाचारका सबै काण्डमाथि छानबिन गर्नुपर्ने बताए ।

साथै माओवादीका माधव सापकोटाले भ्रष्टाचार आरोप आफ्ना नेतालाई कानुनको दायरामा ल्याउन एमालेलाई चुनौती दिए । भ्रष्टाचारका विषयमा गरेको छानबिनको विषयलाई लिएर प्रधानमन्त्रीप्रति खिसीट्युरी नगर्न उनले एमालेलाई सचेत गराए ।​

कांग्रेसका रामहरि खतिवडा, एकीकृत समाजवादीका मेटमणि चौधरी, नेमकिपाका प्रेम सुवाललगायत सांसदले भ्रष्टाचारका सबै विषयमा पनि छानबिन गर्नुपर्ने बताए । तर, एक दलका सांसदले अर्काे दलका नेतालाई भ्रष्टाचारीका रूपमा इंगित गर्दै छानबिन गर्न माग गरे ।​

कांग्रेसकी आरजु राणा देउवाले सबै मन्त्री र सांसदहरूको सम्पत्ति र स्रोत सार्वजनिक गर्नुपर्ने बताइन् । रास्वपाका हरि ढकालले ३३ वर्षमा भएका ३३ सय भ्रष्टाचार काण्ड सबैको आयाेग बनाएर छानबिन गर्नुपर्ने बताए ।
 


Author

थप समाचार
x