सांसद् बैठकमा लुगा फुकालेका अमरेशकुमार सिंहको स्वास्थ्य परीक्षण गर्न माग
फाइल फोटो
काठमाडौं - प्रतिनिधिसभा बैठकमा लुगा फुकालेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य परीक्षण गर्न माग गरिएको छ ।
सभामुख देवराज घिमिरेले बोल्न समय नदिएको भन्दै लुगा फुकालेर विरोध जनाएका सिंहको स्वास्थ्य परीक्षण गर्न सांसद अच्युतप्रसाद मैनालीले माग गरेका हुन् ।
‘सभामुख महोदय, संसदमा जे गतिविधि देखापरेको छ, माननीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दछु । र मानन आतंक चलिरहेको यो सेरोफेरोमा म हात्ती आतंकको कुरा उठाउन खोजिरहेको छु,’ सांसद मैनालीले बैठकमा भने ।
सभामुख घिमिरेको बारम्बारको चेतावनीपछि सांसद सिंहले लुगा लगाएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया