संसद्

नक्कली भुटानी शरणार्थी प्रकरण अपराध मात्रै होइन, राष्ट्रद्रोह हो : राजकिशोर यादव

इकागज |
जेठ १, २०८० सोमबार १४:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामान्य रूपमा लिन नहुने बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद यादवले सो प्रकरण राष्ट्र द्रोहको मुद्दा भएकाले गम्भीर रूपमा छानबिन गर्नुपर्ने बताएका हुन् । 

‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई एउटा अपराधका रूपमा मात्रै लिनु हुन्न, यो राष्ट्र द्रोह पनि हो,’ यादवले भने, ‘यस्तो बेलामा सो प्रकरणलाई ढाकछोप गर्ने गरी कार्यहरू हुन खोजेको आशंका उत्पन्न भएको छ, शीर्ष नेताहरूको बैठक यसैलाई कमजोर बनाउन त बसेको छैन ? जनताले आशंका गरेका छन् ।’  



Author

थप समाचार
x