संसद्

आफ्नो एजेण्डामा सहमत गराउन भारतले प्रधानमन्त्रीको भ्रमण पछि सार्‍याे : पन्त

इकागज |
जेठ १, २०८० सोमबार १६:४३ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले आफ्नो एजेण्डामा सहमत गराउन भारतले प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण पछि सार्दै लगेको दाबी गरेका छन् ।​

पूर्वराजा ज्ञानेन्द्र शाहलाई उत्तर प्रदेशमा स्वागत गरेर भारतले प्रधानमन्त्रीमाथि भने आफ्नो एजेण्डामा सहमत गराउन दबाब कूटनीति अवलम्बन गरिरहेको उनको आरोप थियो । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री दाहाल र नेपाल सरकारलाई भारतको सो कूटनीतिको दबाबमा नपर्न पनि सचेत गराए । उनले इतिहासमा कहिल्यै पनि पराधीन नभएको नेपाल र त्यस देशका प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचीमा देशको शिर निहुर्‍याउने, देशलाई अप्ठ्यारोमा पार्ने, नेपालको स्वाभिमान गिराउने कुनै पनि एजेण्डा हुन नहुनेतर्फ पनि गम्भीर ध्यानाकर्षण गराए ।


सांसद पन्तले नेपालको असंलग्न परराष्ट्र नीतिले आफ्नो सन्तुलन गुमाउन थालेको उल्लेख गर्दै दुःख समेत व्यक्त गरे ।


Author

थप समाचार
x