प्रतिनिधिसभा बैठक
भ्रष्टाचार निवारण विधेयक छलफलका लागि समितिमा पठाइयो
काठमाडौँ- प्रतिनिधिसभा बैठकले भ्रष्टाचार निवारण (पहिलो संशाेधन) विधेयकलाई सम्बन्धित समिति पठाएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।
‘भ्रष्टचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस्' भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको घोषणा गर्दछु,’ उनले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया