‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति’ गठन
काठमाडौँ- ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति’ गठन गरिएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसद देवेन्द्र पौडेलले पेस गरेको सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । १६ सदस्यीय सो मस्यौदा समितिमा अनिता देवी, जीवन परियार, ध्रुबबहादुर प्रधान, नागिना यादव, पूर्णबहादुर घर्ती, महेशकुमार बर्तौंला, मेटमणि चौंधरी, रञ्जुकुमारी झा, रमेश लेखक, रामहरि खतिवडा, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सरिता प्रसाईँ, सुवाषचन्द्र नेम्वाङ, सोविता गौतम र हितराज पाण्डे रहेका छन् ।
सो मस्यौदा समितिलाई कार्य सम्पादनका लागि ७ दिनको समय दिइएको छ । समितिले मस्यौदा तयार पार्नका लागि विज्ञहरूको समेत सुझाव लिन सक्ने कार्यादेश दिइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया