संसद्

रेशम चौधरीको विषयमा हामी गम्भीर छौँ : प्रधानमन्त्री प्रचण्ड

इकागज |
जेठ ४, २०८० बिहीबार १४:१० बजे

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीकापुर आन्दोलनमा दोषीका रुपमा जेल जीवन बिताइरहेका रेशम चौधरीको विषयमा सरकार गम्भीर रहेको बताएका छन् । सांसद् गंगाराम चौधरीको प्रश्नको उत्तर दिँदै बिहीबार प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले यसअघि पनि अध्यादेश ल्याएर सरकारले उनलाई छुटाउने प्रयत्न गरेको बताएका छन् ।

‘रेशम चौधरीको विषयमा यसअघि पनि हामीले अध्यादेश ल्याएर भएपनि हामीले छुटाउने प्रयास गरेकै हौँ,’ उनले भने, ‘अदालतबाट जे फैसला भएपनि छिटो फैसला होस भन्नको निम्ति हामीले कुनै न कुनै बाट आवाज उठाएकै थियौँ । अहिले टुंगिएको छ । यो विषयलाई समाधान गर्ने विषयमा हामी निकै गम्भीर छौँ । हामी छिटै टुंग्गोमा पुग्छौँ ।’


प्रचण्डले राजनीतिक आन्दोलनका कारण जेल जीवन बिताइरहेका बन्दीहरूको सम्बन्धमा विधेयक संसदमा दर्ता भएकाले त्यस मार्फत समाधान गर्ने पनि बताए । 
‘राजनीतिक आन्दोलनका कारण जेल जीवन बिताइरहेका बन्दीहरूको सम्बन्धमा सरकारको यसै संसद्मा विद्ययेक प्रस्तुत भइसकेको छ,’ उनले भने, ‘खाली थारुहट आन्दोनसँग मात्रै सम्बन्धित होइन, मधेश आन्दोलन लगायत अन्य आन्दोलनका बन्दीहरूको रिहाइको विषय पनि त्यो विधयेकमा रहेको छ । त्यसलाई छिटै पारित गर्दै छौँ । त्यो बाटो गरी बन्दी रिहाइ गर्ने बाटो पनि हामी अगाडि बढ्छौँ ।’
 


Author

थप समाचार
x