संसद्

नागरिकता विधेयक एक महिनाभित्र टुंगिन्छ : प्रम दाहाल

इकागज |
जेठ ४, २०८० बिहीबार १४:१६ बजे

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता विधेयक एक महिनाभित्र टुंगिने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै उनले एक महिनाभित्र नागरिकता विधेयक टुंगिने बताएका हुन् । 

नागरिकता विधेयक अहिले राष्ट्रपति कार्यालयमा रहेको र उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहेका उनको भनाइ छ ।


‘राष्ट्रपतिले यसबारेमा कानुनविद् र संविधानविद्सँग छलफल गरिरहनुभएको छ,’ उनले भने, ‘उहाँ अध्ययनकै क्रममा हुनुहुन्छ ।’


Author

थप समाचार
x