संसद्

लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्रीले संसद्‍मा दिएको जवाफ आपत्तिजनक : सांसद राई

इकागज |
जेठ ५, २०८० शुक्रबार १४:५७ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रामचन्द्र राईले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‍मा दिएको जवाफप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे बिहीबार (हिजो) प्रतिनिधिसभामा सोधिएको प्रश्नको सही जवाफ प्रधानमन्त्री दाहालले नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले महालेखा परीक्षकको कार्यालयले ठीक छ भनेको विषयलाई यहाँ प्रश्न उठाउन उपयुक्त हुँदैन भनेर जवाफ दिएको उल्लेख गर्दै यसले मुलुकको सुशासनमा टेवा नपुर्याउने उनको भनाइ थियो ।


सांसद राईले नेपाली जनतामा आशाको सञ्चार गराउने गरी आफ्ना अभिव्यक्ति दिन र सोही अनुसारको काम गर्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए ।

सांसद राईले नेपाली जनताले सुशासन र समृद्धि चाहेकाले सरकारले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पारे ।


Author

थप समाचार
x