संसद्

भ्रष्टाचार नियन्त्रणका लागि जितेन्द्र देवका चार उपाय

इकागज |
जेठ ५, २०८० शुक्रबार १५:६ बजे

काठमाडौँ- राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले भ्रष्टाचार नियन्त्रणका लागि चार वटा उपाय प्रस्तुत गरेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले भ्रष्टाचार नियन्त्रणका लागि चार वटा उपाय पेस गरेका हुन् ।

जसअनुसार पहिलो भ्रष्टाचारको नेक्सस् तोड्नुपर्ने उनले बताए । यसमा केही राजनीतिज्ञ, केही उच्च कर्मचारी र विचौलियाबीचको नेक्सस् तोड्नुपर्ने उनको भनाइ छ । यसका लागि अनुसन्धान निकायले उनीहरूमाथि निरन्तर निगरानी राख्दै अनुसन्धान गर्नुपर्ने उनले उल्लेख गरे ।​


दोस्रोमा लामो समय र बारम्बार एउटै व्यक्तिलाई शक्ति केन्द्रमा राख्न नहुने भ्रष्टाचार नियन्त्रणका चार उपाय प्रस्तुत गर्दै देवले भने । यसले भ्रष्टाचार नियन्त्रणमा जालो च्यात्न सकिने उनको बुझाइ छ । 

तेस्रोमा नेपाल प्रहरी तथा अपराध अनुसन्धान इकाइलाई दलीय प्रभाव पार्न नहुने उनले बताए । एसियामै अनुसन्धानमा अब्बल सावित भएको नेपाल प्रहरी र अन्य अपराध अनुसन्धान इकाइलाई दलीय प्रभाव पर्न दिन नहुने भन्दै उनले यसले पनि भ्रष्टाचार नियन्त्रणमा सफलता दिने दाबी गरे ।

भ्रष्टाचार नियन्त्रणका लागि अन्तिम तथा चौथौ उपायमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संरचना र नियुक्ति प्रक्रिया बदल्नुपर्ने बताए । 


Author

थप समाचार
x