सरकारले जलवायु परिवर्तनका असरसँग जुध्न उत्पदनशीलता वृद्धि गर्ने
काठमाडौँ– सरकारले जलवायु परिवर्तनका असरसँग जुध्न उत्पदनशीलता वृद्धि गर्ने आगामी आर्थिक वर्षको नीति बनाएको छ । शुक्रबार संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन् ।
‘जलवायु परिवर्तनका असर र प्रभावलाई सामना गर्न उत्पदनशीलता वृद्धि गरिनेछ,’ उनले भने, ‘जलवायु अनुकूलन तथा विपत व्यवस्थापन क्रियाकलापलाई एकीकृत गरी जोखिम न्यूनीकरण तथा रोकथाम गरिनेछ ।’
बाढी पहिरो लगायतको जलवायु जन्य जोखिममा रहेका बस्ती तथा विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने उनले बताए । विपत व्यवस्थापनमा सूचना प्रविधिलाई बढाउँदै लगिने सरकारको नीति रहेको राष्ट्रपति पौडेलले जानकारी दिएका छन् ।
संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर विपत व्यवस्थापन गरिने नीति सरकारको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया