संसद्

नक्कली भुटानी शरणार्थी प्रकरणमा ओलीले भने : जति भोकाए पनि बाघले घाँस खाँदैन, म निर्दोष छु

इकागज |
जेठ ७, २०८० आइतबार १४:१४ बजे

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू निर्दोष भएको बताएका छन् । आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले आफूमाथि छानबिन गर्न चुनौती समेत दिए । 

‘म चुनौतीका साथ भन्न चाहन्छु । म गृहमन्त्री भएँ । परराष्ट्रमन्त्री भएँ । पटक–पटक प्रधानमन्त्री भएँ । ममाथि छानबिन होस् । हामी सधैं भ्रष्टाचारका विरुद्धमा छौँ,’ उनले भने, ‘बाघ भोकै मर्छ, तर घाँस खाँदैन ।’


धेरैले यस प्रकरणमा आफ्नो र पार्टीको नाम लिए पनि त्यो सत्य नभएको स्पष्टीकरण दिँदै उनले भने, ‘एमालेलाई गाली गर्न मन लागेको छ । केपी ओलीलाई गाली गर्न रहर लागेको छ । रहर गर्नु मात्र पनि त होइन रहेछ जिन्दगी । पार लाग्दैन ।’

तीन प्रमुख दलका शीर्ष नेता भेट्दा पनि नेताहरूमा सन्देश उत्पन्न भइरहेको उनको भनाइ छ । ‘तीन नेता भेट्दा, मन्त्रिपरिषद् पटक–पटक बस्दा सन्देह पैदा भयो । के भनेको यो ?’ उनले प्रश्न गरे, ‘संसद् बैठक चलाउनु छ, देशको अवस्था यस्तो छ । सदन कसरी चलाउने ? सहमतिको बाटोमा कसरी जाने ? आदि कुरामा नेताहरू छलफल गर्दैनन् ? कानुन निर्माण, संशोधन कसरी गर्ने छलफल गर्दैनन् ?’


Author

थप समाचार
x