संसद्

सरकारको नीति तथा कार्यक्रमलाई कुनै पनि हालतमा समर्थन गर्न सकिँदैन : ओली

इकागज |
जेठ ७, २०८० आइतबार १४:२७ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताएका छन् ।

अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमले देशलाई अगाडि बढाउन नसक्ने भन्दै तत्काल फिर्ता लिएर उपयुक्त नीति तथा कार्यक्रम फेरि ल्याउन पनि सरकारसँग माग गरे । आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उनले देशको प्रतिष्ठान बढाउन, देश र जनताका समस्या समाधान गर्न, अर्थतन्त्रलाई ओरालो लाग्नबाट जोगाएर उँभोतिर लाने कुनै कुरामा पनि यो सक्षम नभएकाले अन्य दलहरूले पनि यसलाई स्वीकार गर्न नहुने बताए ।


अध्यक्ष ओलीले सत्तारूढ नेपाली कांग्रेसले पनि देशको अवस्थालाई हेरेर सो नीति तथा कार्यक्रमलाई समर्थन गर्न नहुने जिकिर गरे ।

सरकारले ल्याएको सो नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले संसदबाट पारित गराउन नसक्ने अध्यक्ष ओलीले बताए । उनले आफ्नो ध्यान ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने रहेको पनि दोहोर्‍याए ।


Author

थप समाचार
x