आज पनि प्रतिनिधिसभा बैठक बस्दै
फाइल फोटो
काठमाडौं - सरकारको नीति तथा कार्यक्रम माथिको छलफल आज पनि जारी रहने भएको छ ।
गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो ।
हिजो देखी सुरू भएकाे छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए ।
आज पनि सोही नीति तथा कार्यक्रम माथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया