७५३ वटै पालिकामा कभर्ड हलको स्वीच अन गरेर शिलान्यास गर्न गल्ती नगर्नुस् : माधव नेपाल
फाइल तस्बिर
काठमाडौँ- नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्ययनविनाको हावादारी योजना नल्याउन आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नामका लागि गरिने व्यक्तिवादी सोचबाट गरिएको योजनाले विकास गर्न नसकेको देशभरका ५७३ वटै पालिकामा कभर्ड हलको स्वीच अन गरेर शिलान्यास गर्न गल्ती नगर्न आग्रह गरे ।
‘६७४१ वडामा खेल मैदानको र ६५३ वटा पालिकामा कभर्ड हलको स्वीच अन गरेर शिलान्यास गर्ने गल्ती नगर्न आग्रह गर्छु,’ उनले भने, ‘नामका लागि गरिने काम, व्यक्तिवादी सोचले बिग्रिएको हो । यसले राम्रो गर्दैन ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया