स्वास्थ्य क्षेत्रमा लगानी बढाउन जरूरी छ : जीवन परियार
काठमाडौँ– कांग्रेस सांसद जीवन परियारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् ।
सोमबार संसद्मा सरकारले नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
‘काठमाडौँका सरकारी अस्पतालमा जाँदा थाहा हुन्छ, त्यस्ता धेरै विरामीका परिवारले उपचार गर्न नसकेर बीचमै आफैँ हस्ताक्षर गरेर घर लानुपरेको छ,’ उनले भने, ‘उनीहरूको अकालमा मृत्यु हुनुपर्ने अवस्था छ । त्यसकारण स्वास्थ्य क्षेत्रमा लगानी र नीति अगाडि बढाउनुपर्ने अवस्था छ ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया