एमाले लोकतन्त्रको विश्वविद्यालय हो, ओली भिसि, आर्किटेक्चर, प्रोफेसर, डाक्टर, इन्जिनियर सबै हुन् : गोकुल बास्कोटा
काठमाडौँ–नेकपा एमाले सांसद गोकुल बास्कोटाले एमाले लोकतन्त्रको विश्वविद्यालय भएको र त्यसको भिसि, आर्किटेक्चर, प्रोफेसर, डाक्टर, इन्जिनियर सबै केपी ओली भएको बताएका छन् ।
मंगलबार सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अघिल्ला वक्ताहरूले केपी ओलीलाई हेडमास्टर भएको भन्दै उनी आक्रोशीत भए । ‘हेडमास्टर भन्नुभयो । हामी आक्रोशीत छैनौँ,’ उनले भने, ‘नेकपा एमाले लोकतन्त्रको राष्ट्रिय स्वाधिनताको, सामाजिको न्यायसहितको परिवर्तनको पुर्नजागरण र राष्ट्रिय आत्मविश्वसको विश्वविद्यालय हो । त्यसैले तपाईँहरूले दिएको उपाधिले पुग्दैन । हामीलाई केपी ओली यो विश्वविद्यायलको भिसि, आर्किटेक्चर, प्रोफेसर, डाक्टर, इन्जिनियर सबै हो । तपाईँहरूले कम्तिमा सिक्न पाउनुभयो । म बधाईँ भन्न चाहान्छु ।’
उनले इन्फमेरन, रिफरमेसन र ट्रान्सफरमेसनको सामाजिक विकासको मान्यतालाई नेताहरूले ग्रहण गर्नुपर्ने समेत बताए ।
सरकार नीति तथा कार्यक्रम छलफल गर्न भन्दा आफ्ना कमजोरी लुकाउन लागेको उनको आरोप छ ।
‘मलाई लाग्या थियो यो नीति र कार्यक्रम सरकारले छलफल गर्न लिएर आएको हो,’ उनले भने, ‘त्यहाँ बाद प्रतिबाद संवादका गुञ्जाइज रहलान् र सत्ता पक्षले सुन्ने धैर्यता राख्छ भन्ने बुझाइ थियो । तर हिजो अस्तिका कुरा सुन्दा सत्ता पक्ष अपाm्ने कमजोरी लुकाउनका लागि प्रतिपक्षको तेजोबोध गर्ने र तिब्र प्रतिबादमा उत्रिने उल्टो बाटोमा हिडेको छ । म छक्क परेको छु ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया