संसद् बैठकमा प्रम दाहालकाे स्पष्टीकरण
'पशुपतिको जलहरीको विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन'
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमा दाहाल 'प्रचण्ड'ले पशुपतिको जलहरीको विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर संसदमा विचार व्यक्त हुनु उचित नभएको प्रष्ट पारेका छन् । शनिबार संसद्को बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘पशुपतिको जलहरीको विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन,’ प्रचण्डले भने, ‘यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ ।’
नेकपा एमालेले आफ्नो सरकार हुँदा पशुपतिमा लगाएको सुनको जलहरीलाई पित्तलको भनेर सत्ता पक्षले आरोप लगाएको भन्दै शुक्रबार संसद् अवरोध गरेको थियो । एमालेले संसद् अवरोध गरेपछि आज (शनिबार) सम्मका लागि स्थगित भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन अनुसन्धान भइरहेकाले सरकारले यसमा सहयोग गर्ने समेत बताए ।
‘श्री पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सम्मानित सदनमा कुरा उठेको छ,’ उनले भने, ‘पशुपतिनाथको जलहरी लगायतको विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो । र सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन । जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन अनुसन्धान भइरहेको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्नेछ । यसमा सरकारले सहयोग गर्नेछ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया