सवारी साधानको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई इन्धनबापत नगदै दिइने
काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षबाट सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई इन्धनबापत नगदै प्रदान गर्ने भएको छ । सोमबार संघीय संसद्को सयुक्त बैठकमा आर्थिक वर्ष २०८०–८१ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् ।
‘सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डको आधारमा इन्धनबापत नगद नै प्रदान गर्ने व्यवस्था मिलाइनेछ,’ उनले भने, ‘सरकारी सवारी सञ्चालन र व्यवस्थापन हुने बढ्दो खर्च नियन्त्रण गर्न सरकारी साधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई सवारी साधनको सट्टा तोकिएको मापदण्डको आधारमा एकमुस्टा नगदै प्रदान गर्ने व्यवस्था गरिने छ ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया