नेपालगञ्ज र भैरहवाबाट नयाँदिल्लीलगायत अन्य सहरमा उडान गर्न भारत सकारात्मक : प्रधानमन्त्री
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्ज र भैरहवाबाट नयाँ दिल्ली लगायत भारतका अन्य सहरमा चौतर्फी उडान गर्न भारतसँग सकारात्मक छलफल भएको बताएका छन् । सोमबार भारत भ्रमणबारे संघीय संसद्लाई जानकारी दिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘हवाइ सेवालाई थप सुरक्षित बनाउन अर्को हवाइ प्रवेश मार्ग र गौतम बुद्ध विमान स्थल सञ्चालनका लागि इन्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालनको प्रक्रियामा भारतीय पक्षका सकारात्क कुरा भए,’ उनले भने, ‘नेपालगञ्ज र भैरवाहबाट नयाँ दिल्लीलगायत भारतका अन्य सहरमा चौतफी उडान गर्ने सम्बन्धमा सकारात्मक छलफल भइ नजिक पुगेका छ ।’
भारत भ्रमणका अवसरमा हैदरावाद हाउसमा व्यापार, पारवाहन, लगानी प्रवर्तन र ऊर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, सीमा वारबार कनेक्टी भिटी र रेल्वे सेवा सञ्चालन तथा पुलहरूको निर्माण तथा एकीकृत जाँच चौकी तथा सुख्खा बन्दरगाह जस्ता पूर्वाधार निर्माण अगाडि बढाउने विषयमा सकारात्मक र अर्थपूर्ण छलफलहरु भएको समेत प्रधानमन्त्रीले सदनलाई जानकारी दिए ।
यस्तै जलविद्युतका क्षेत्रमा समेत सहकार्य गर्ने सम्बन्धमा बलियो सहमति निर्माण भएको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया