भारतीय भूमि हुँदै बंगलादेशसम्म नेपालबाट जलविद्युत निर्यातको सुरुवात गर्ने सहमति भएको छ : प्रधानमन्त्री
काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा भारतीय भूमिहुँदै बंगलादेशसम्म नेपालबाट जलविद्युत निर्यातको सुरुवात गर्ने सहमति भएको बताएका छन् । सोमबार आफ्नो भारत भ्रमणबारे सदनलाई जानकारी गराउँदै उनले यस्तो बताएका हुन् ।
‘दीर्घकालीन उर्जा व्यापार र भारतीय भूमि हुँदै बंगलादेशसम्म नेपालबाट जलविद्युत निर्यातको सुरुवात गर्ने सहमति भइ त्रिपक्षीय सम्झौताका लागि प्रक्रिया अगाडि बढाउने समेत सहमति भएको छ,’ उनले भने ।
भारतसँग जलविद्युतका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा बलियो सहमति निर्माण भएकोसमेत उनले बताए ।
‘विभिन्न जलविद्युत आयोजनामा लगानी भित्र्याउने, द्विपक्षीय उर्जा व्यापारका लागि ट्रान्समिसन लाइन लागयतका संरचनाको निर्माण गर्ने तथा नेपालबाट भारत तर्फ उर्जाको दीर्घकालिन व्यपारका लागि बैधानिक आधार सुनिश्चित गर्ने कुरा हरु भ्रमणमा महत्वपूर्ण सहमति भएका छन्,’ उनले भने, ‘भारतका प्रधानमन्त्रीले आगामी १० वर्षमा १० हजार मेघावाट जलविद्युत नेपालबाट आयत गर्ने भारतको धारणा स्पष्टरुपमा राख्नुभएको छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया