संसद्

अकालमा नागरिकको ज्यान जाने सडक नबनोस् : अमरेशकुमार सिंह

इकागज |
जेठ २४, २०८० बुधबार ११:३७ बजे

काठमाडौँ- प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले अकालमा जान जाने सडक बनाउने कार्य रोकिनुपर्ने बताएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नदी किनारमा बनाइएका सडकमा सुरक्षाको मापदण्डअनुसार निर्माण नहुँदा अकालमा नागरिकले ज्यान गुमाइरहेका बताए । यसको दोषी को हो भनेर उनले प्रश्न पनि गरेका छन् ।


नदी किनारमा बनाइएका सडकमा पक्की वा फलामको बारजस्ता सुरक्षाका लागि आवश्यक संरचना नबनाइएको भन्दै उनले सडकमा संख्याभन्दा सुरक्षाको मापदण्डअनुसार थोरै बनाएर भएपनि नागरिकको जीवनरक्षा गर्नुपर्नेमा जोड दिए । 
 


Author

थप समाचार
x